२५ अंकले घट्यो सेयर बजार, १३२ कम्पनी राताम्मे

२५ अंकले घट्यो सेयर बजार, १३२ कम्पनी राताम्मे


काठमाण्डु– बुधबार सेयर बजार राताम्मे भएको छ । नेप्से २४.९७ अंकले घटेर २७५० विन्दुमा झरेको छ । यसदिन २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोडको कारोबार भयो ।

आज कारोबारमा आएको १०४ वटा सेयरको मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। ८ वटाको भने स्थिर रहेको छ ।

कारोबारमा आधारमा आज जोशी हाइड्रोपावरको ३० करोडको सर्वाधिक कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २९ करोड, आँखुखोला जलविद्युत्को २६ करोडको कारोबार भएको छ।

आज खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर, इङवा हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले बढेको छ।

तर सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। विशालबजार कम्पनीको पनि ९.१७ प्रतिशतले सेयर घटेको छ।