२६ सयमा झर्यो सेयर बजार, २०४ कम्पनी राताम्मे

२६ सयमा झर्यो सेयर बजार, २०४ कम्पनी राताम्मे


काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार राताम्मे भएर क्लोज भएको छ ।

यस दिन नेप्से ३३.४२ अंकले घटेर परिसुचक २६८२ अंकमा कायम भएको छ ।

आज १ करोड २३ लाख कित्ता सेयर किनबेच हुदा ६ अर्ब १४ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारका आधारमा आज जानकी फाइनान्सको सर्वाधिक २६ करोडको कारोबार भयो ।