काठमाण्डु– साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्मे भएर बन्द भएको छ ।
यसदिन नेप्से ३१ अंकले घटेर परिसुचक २५९६ अंकमा झरेको हो ।
आज ९८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोडको कारोबार भयो ।
कारोबारमा आएका २११ कम्पनीको सेयर घटेको छ भने २९कम्पनीको बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारका आधारमा जानकी फाइनान्सले सर्वाधिक १७ करोडको कारोबार गर्यो ।
आज सुपर माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने, नारायणी डेव्लपमेन्ट बैंकको सेयर ९.२१ प्रतिशतले घट्यो ।
प्रतिक्रिया