काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेर रोकिएको छ ।
आज नेप्से ४ अंकले बढेर परिसुचक २६३०मा पुगेर रोकियो । आज २ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोडको कारोबार भयो ।
कारोबारमा आएका १६३ कम्पनीको सेयर घट्दा ७० कम्पनीको सेयर बढ्यो । यस्तै ९ कम्पनीको सेयर स्थिर रह्यो ।
कारोबार रकमका आधारमा आज प्रभु बैंकले सर्वाधिक ५० करोडको कारोबार गर्यो ।
आज आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा कर्पोरेट डेव्लपमेन्ट, नारायणी डेव्लपमेन्ट र सिन्दुविकाश बैंकको सेयर १० प्रतिशतले घट्यो ।यस्तै जोशी हाइड्रो र सप्तकोशि डेव्लपमेन्टको सेयर मूल्य ९ प्रतिशतले घट्यो ।
प्रतिक्रिया