काठमाण्डु– साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से २१.१२ अंकले घटेर परिसुचक २६०९ मा कायम भएको छ । आज ५ अर्ब ४७ करोडको भयो ।
कारोबारमा आएका ६९ कम्पनीको सेयर मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकमका आधारमा प्रभु बैंकले २६ करोड, जानाकी फाइनान्सले १६ करोड कमाए।
महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले घट्यो ।
माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशतले घट्यो भने बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे ।
प्रतिक्रिया