शेयर बजार २६ सय बिन्दुमा झर्‍यो ,९ अर्बको कारोबार

शेयर बजार २६ सय बिन्दुमा झर्‍यो ,९ अर्बको कारोबार


काठमाण्डु– सोमबार बजार ५५.८६ अंकले घटेको छ ।

आइतबार २७ सयको बिन्दुमा रहेको सेयर बजार आज २६४६.०३ विन्दुमा कायम भएको छ ।

आज कारोबार रकम पनि ९ अर्ब ४३ करोडमा झरेको छ ।

सोमबार ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ । २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका हिसाबले आइतबार सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो । आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।