काठमाण्डु– मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । हिजो २६ अंकले बढेको सेयर आज राताम्मे भएको छ । यसदिन नेप्से ५८ अंकले घट्दा परिसुचक २५८२ विन्दुमा पुगेर रोकियो ।
आज १ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोडको कारोबार भयो ।
कारोबारमा आएका ४ कम्पनीको सेयर बढ्यो भने २४० कम्पनीको सेयर घटेको छ ।
कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स अगाडि रहे । यसदिन नारायणी डेव्लपमेन्टको सेयर १० प्रतिशतले बढ्यो ।
यस दिन सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।
प्रतिक्रिया