काठमाण्डु– सेयर बजारले उकालो यात्रा कायम राखेको छ । हिजो ४० अंकले बढेको नेप्से आजपनि ४१ अंकले बढेर परिसुचक २६६३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ९७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोडको कारोबार भयो ।
यसदिन २२७ कम्पनीको सेयर बढ्दा १६ कम्पनीको मूल्य घटेको छ ।
कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स, एनआरएन इन्फ्राइन्सटकचर अगाडि रहे । यसदिन गुरासँ लघुबित्त, श्रीजनशिल लघुबित्तको सेयर १० प्रतिशतले बढ्यो ।
आज व्यापार, माइक्रोफाइनान्स र लगानी सेक्टर सबैभन्दा धेरै क्रमस ५ र २–२ प्रतिशत बढे ।
बैंकिङ ०.९९, विकास बैंक १.१८,, फाइनान्स १.४५, होटल तथा पर्यटन ०.६५, हाइड्रोपावर १.२१, जीवन बीमा १.९७, उत्पादन १.०१, निर्जीवन बीमा ०.४१, अन्य १.६८ प्रतिशत बढे ।
प्रतिक्रिया