सेयर बजारले कटायो २७ सयको बिन्दु, ५ अर्बको कारोबार

सेयर बजारले कटायो २७ सयको बिन्दु, ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बुधबार सेयर बजारमा हरियाली छाएको छ ।यसदिन नेप्से २५ अंकले बढेर परिसुचक २७०१ बिन्दुमा पुगेर रोकियो ।

यसदिन १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोडको कारोबार भयो ।

कारोबारमा आएका १६६ कम्पनीको सेयर बढ्यो भने ७८ कम्पनीको मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज सीइडीबि होल्डिङ, हिमालय रि इन्सुरेन्सले सर्वाधिक कमाए । यी कम्पनीको कमाइ क्रमसः ३६, ३५ करोड रहेको छ ।

यसदिन विशाल बजार कम्पनी र सेन्टर फाइनान्स कर्पोरेटको सेयर १० प्रतिशतले बढ्यो भने बोटल्र्स नेपालको सेयर १० प्रतिशतले घट्यो ।

बैंकिङ ०.५१, विकास बैंक ०.३०, फाइनान्स ३.१२, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर ०.४२, लगानी १.३७, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१७, अन्य ०.३५ प्रतिशत बढे । उत्पादन १.४७ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशत घटे ।