काठमाण्डु-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ९.६६ अङ्कले बढेर २६७६ को विन्दुमा कायम भएको हो ।
आज ३१७ कम्पनीको एक करोड ७३ हजार ८ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७ सय ४० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ । बैंकिङ समूह शून्य दशमलव शून्य तीन, र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले घटेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन दुई दशमलव ४४, लगानी एक दशमलव ४८ र उत्पादन तथा प्रशोधन एक दशमलव ३६ प्रतिशतले बढेको छ ।
विकास बैंक शून्य दशमलव २९, वित्त शून्य दशमलव ३४, जलविद्युत् शून्य दशमलव शून्य आठ र जीवन बिमा शून्य दशमलव २२ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीबन बिमा समूह शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ ।
्नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव शून्य पाँच प्रतिशतले घटेको छ ।
्कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ४२ करोड ७५ लाख ६८ हजार चार सय ७७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी कुमारी इक्विटी फण्डको १० लाख १० हजार एक सय ७६ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया