काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य अंकले उकालो लागेको छ ।
यसदिन नेप्से ३ अंकले बढेर परिसुचक २६६१ बिन्दुमा पुगेर रोकियो । आज २ करोड ९७ लाख कित्ता सेयर किनवेच हुदा १० अर्ब ८७ करोडको कारोबार भयो ।
कारोबारमा आएका १४१ कम्पनीको सेयर घट्यो भने १०४ कम्पनीको सेयर बढ्यो ।
कारोबारका आधारमा यसदिन ङादी ग्रुप, एनआरएन इन्फ्राइन्सटक्चर,राधी विद्युत,हाइड्रो रि इलेक्ट्रीसिटी डेव्लपमेन्ट अगाडि रहे ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने ह्विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घट्यो ।
यसदिन बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटे । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढे ।
प्रतिक्रिया