४६ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

४६ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ ।आज नेप्से ४६.६९ अंकले बढेको हो । १.७६ प्रतिशतले नेप्से बढ्दा परिसुचक २६९२ अंकमा पुगेर रोकियो ।

१ करोड ३३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका २२१ कम्पनिको सेयर मूल्य बढेका छन् भने १७ कम्पनिको मूल्य घटेको छ । यस्तै ५ कम्पनिको मूल्य स्थिर रहेको छ ।

आज ३ कम्पनिको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सप्तकोसी डेव्लपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स, कुठेली बुखारी साना हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।सबै समूहका सूचक बढेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो ।

बैंकिङ १.६०, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशत बढे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.१८, माउन्टेन इनर्जीको ७.३४, खानीखोला हाइड्रोको ६.७, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढ्यो ।