आज पनि ओरालो लाग्यो सेयर बजार, झण्डै ८ अर्बको कारोबार

आज पनि ओरालो लाग्यो सेयर बजार, झण्डै ८ अर्बको कारोबार


काठमाण्डु– बुधबार पनि सेयर बजार ओरालो लागेको छ । आज नेप्से १४ अंकले घटेको हो । ०.५१ प्रतिशतले नेप्से घट्दा सुचक २७३४ अंकमा पुगेर रोकियो ।

१ करोड ७३ लाख कित्ता सेयर किनबेच हुदा ७ अर्ब ९१ करोडको कारोबार भयो ।

कारोबारमा आएका १३८ कम्पनिको मूल्य घट्दा ९९ कम्पनिकोे सेयर मूल्य बढेका छन् भने ७ कम्पनिको मूल्य स्थिर रहेका छन् ।

कारोबारका आधारमा जानकी फाइनान्सले सर्वाधिक कमाइ गर्यो । उक्त कम्पनिले आज ३३ करोडको कारोबार गर्यो ।आज सप्तकोसी डेव्लपमेन्ट बैंक र श्रृजनशील लघुबित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो ।

आज कुथेली बुखारी हाइड्रोपावरको सेयर १० प्रतिशतले घट्दा समाज लघुवित्तको ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्स ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतले सेयर मूल्य घटेको छ।