१२७ अंक बढ्यो सेयर बजार, १३ अर्व बढीको कारोबार

१२७ अंक बढ्यो सेयर बजार, १३ अर्व बढीको कारोबार


काठमाण्डु – सेयर बजार सोमबार भने १२७ अंक बढेर २८२३ अंकमा उक्लिएको छ । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजारमा सोमबार पुनः हरियाली छाएको हो ।

सेयरसँगै सोमबार कारोबार रकम पनि बढेको छ । आइतबार १० अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १० करोडको कारोबार भयो ।

आज सबै क्षेत्रका सूचक बढ्दा सबैभन्दा धेरै फाइनान्स समूहका सूचक बढेका छन् । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९ प्रतिशत बढे ।