शेयर बजारमा पहिरो, नेप्से परिसूचक ८० अङ्कले घट्याे

शेयर बजारमा पहिरो, नेप्से परिसूचक ८० अङ्कले घट्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज झन्डै ८० अङ्कले घटेको छ । नेप्से आज ७९ दशमलव ७९ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचाङ्क करिब ४६५ अंकले घटेको छ । बैंकिङ क्षेत्रको शेयर ३५ अङ्कले, होटलको एक सय १७, विकास बैंकको दुई सय ९७, हाइड्रोपावरको एक सय एक र फाइनान्स समूहको शेयर एक सय ४४ अङ्कले घटेको छ ।

यस्तै, माइक्रोफाइनान्सको एक सय ५७ र जीवन बीमा समूहको शेयर तीन सय ७९ अङ्कले घटेको छ । आज दुई सय २५ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भयो ।