काठमाण्डु – कारोबार हुने हप्ताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ ।
मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । आज सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ ।
बीमा, फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय वटा कम्पनीको शेयर ओरालो लागेको छ । आज ९४ लाख ७५ हजार कित्ता शेयर पाँच अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् ।
केहि दिन अघिसम्म लगातार बढिरहेका कम्पनीहरु आइसीएफसी र महालक्ष्मी विकास बैंकको शेयर मूल्य बिहीबार सबैभन्दा धेरै घटेको छ । यी दुबै कम्पनीहरुको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया