काठमाण्डु – पुँजीबजार मापक नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द गरिएको छ । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।
कारोबार खुलेको करिब डेढ घण्टामा नेप्से ११४.२५ अंक अर्थात ५.०१ प्रतिशतले बढेको थियो । यस्तै, सेन्सेटिभ सूचक पनि ४.३२ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
अब ४० मिनेटपछि नेप्सेमा पुनः कारोबार हुनेछ । वृद्धिसँगै सूचक २२८३.६७ विन्दुमा आइपुगेको थियो ।
प्रतिक्रिया