सेयर बजारमा सामान्य अंकको वृद्धि

सेयर बजारमा सामान्य अंकको वृद्धि


काठमाण्डु – बिहीबार सेयर बजार मापक परीसूचक नेप्से सामान्य अंले बढेको छ । आज नेप्से ४.१५ अंकले बढेर १८७०. ६३ विन्दुमा रोकिएको छ ।

बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ ।

पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको छ । आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक हरियो बनेका छन् । २२२ कम्पनीको २६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

तीन करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।