काठमाण्डु-सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । आज कारोबार सुरु भएको १ मिनेट ३० सेकेण्डमा नै पहिलो सर्किट ब्रेक लागेर सेयर बजार २० मिनेटका लागि बन्द भएको थियो ।
त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो । दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९१.२१ विन्दुमा पुगेको छ ।
मौद्रिक नीति सार्वजनिक पछि सेयर बजारमा पहिलो पटक सकारात्मक सर्किट लागेको हो । यसअघि बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याएको हो ।
संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा खारेज राष्ट्र बैंकले गरिदिएको छ । यसबाट सेयर लगानीकर्ताहरू भने उत्साहित भएका छन् ।
प्रतिक्रिया