काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार २२ अंकले घटेको सेयर बजार सोमबार भने ४४.४५ अंकले बढेको हो ।
१.८० प्रतिशतले बढेर नेप्से परीसुचक २५०८ अंकमा अडिएको छ । आज कारोबार रकम भने घटेर ३ अर्बमा खुम्चिएको छ ।
९७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको मात्र कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।
कारोबारमा आएका ३१९ कम्पनीमध्ये आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
सोमबार सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजना, यूनाइटेडलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
प्रतिक्रिया