प्रधानमन्त्री बनेसँगै ओलीलाई शेयर बजारको हरियो झण्डा

प्रधानमन्त्री बनेसँगै ओलीलाई शेयर बजारको हरियो झण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै शेयर बजारमा हरियाली छाएको छ।

शेयर बजार लामो समयदेखि ओरालो लाग्दै आएकोमा बिहीबार ओली प्रधानमन्त्री बनेसँगै ३६ अंकले उकालो लागेको हो।

संविधान कार्यान्वयन अनुरुप भएको चुनावको बहुमतका आधारमा सरकार गठन भएको र यो सरकार दीर्घकालिन भएको अपेक्षा गरिएकाले पनि शेयर उकालो लागेको शेयर बजारमा चर्चा छ। यसले लगानीकर्तामा उत्साह छाएको छ।

बिहीबार शेयर बजार ३६. ०१ बिन्दुले उकालो लागेर एक हजार ४२४ .९५ बिन्दुमा पुगेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामासहित बाहिरिनै लाग्दै सेयर बजार १६ अंक बढीले बढेको थियो।


बिहीबार १ सय ६५ कम्पनीको १५ लाख ६ हजार ६ सय ३४ कित्ता शेयर ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो ।
बैंकिङ ३१.३९, व्यापार ५.९९, होटल २२.९६, विकास बैंक ५५ं.५, जलविद्युत् ४९.०४, फाइनान्स १७.५५, बीमा २१३.९५, उत्पादन ५०.७५, अन्य ७।३६ र माइक्रो फाइनान्स ६२.९१ बिन्दुले उकालो लागेको छ।

यसअघि ओलीले पूँजी बजार विस्तारमा सहयोग गर्ने बताएका थिए। इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष डा आत्माराम घिमिरे पनि सरकार परिवर्तनकै कारण शेयर बजार उकालो लागेको आँकलन गर्छन।

उनी भन्छन्, ‘शेयर बजारमा सबैभन्दा बढी लगानीकर्ताको मानोविज्ञानले काम गर्छ। सबै लगानीकर्ताको मनोविज्ञान सकारत्मक देखिँदा कारोबार रकमले समेत बजारलाई सपोर्ट गरेको हो।’