काठमाण्डु – साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य गिरावट घटेको छ । आज नेप्से ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको नेप्सेले जनाएको छ ।
तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको छ । यस दिन कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको बढेको छ । बाँकी १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज ५१ लाख ३९ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत बिहीबार शेयर बजारमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । परिसूचक घटेसँगै शेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३६ खर्ब ७ अर्ब रुपैयाँ कायम भएको छ । गत विहीबार कुल बजार पुँजीकरण ३६ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।
प्रतिक्रिया