काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.५४ अंकले उकालोे लागेर २५ सय ४४.९३ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा सेयर बजार परिसूचक ०.०६ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.१४ अंक अर्थात ०.४४ प्रतिशतले बढेर ४९२.२७ अंकमा उक्लिएको छ ।
सोमबार २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर ४० हजार १ सय ३० पटक खरिद बिक्री भएको छ ।
सामान्य अंकले बजार बढ्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीको सेयर मूल्य घटेको छ ।
बोटलर्स नेपाल तराई लिमिटेड, सामूदायिक लघुवित्त वित्तिय संस्था, इमर्जिङ नेपाल लिमिटेड, समता घरेलु लघुवित्त तथा नेपाल दुरसञ्चार प्राधिकरण सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
समूहगत परिसूचकतर्फ पाँच परिसूचक सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन्। बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, निर्जीवन बीमा समूह, म्यानिफ्यकचरिङ एण्ड प्रोडक्सन समूह तथा अन्य समूह बढ्दा बाँकी ८ समूहको सेयर मूल्य ओरालो लागेको हो ।
आज सर्वाधिक गुमाउनेमा पाँचथर पावर कम्पनी लिमिटेड,पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड,कर्पोरेट डेभलोमेन्ट बैंङ्क, बरूण हाइड्रो पावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् ।
प्रतिक्रिया