काठमाण्डु – बुधबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८ अंकमा रोकिएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ८.१३ अंकले बढेर ४८०.०६ अंकमा उक्लिएको छ ।
आज कुल २ अर्ब २५ करोडको कारोबार भएको छ । १७८ कम्पनीको मूल्य बढ्यो भने १३ को घटेको छ । त्यस्तै ४ कम्पनीको स्थिर रह्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ ३, विकास बैंक १४४, फाइनान्स ६६, होटल तथा पर्यटन ७७, जलविद्युत ७३, लगानी २, जीवन बीमा २११, उत्पादन ८७, लघुवित्त ७१, निर्जीवन बीमा १९१, अन्य ८२ र ब्यापार उपसमूह ९ अंकले बढेका छन् ।
इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त, नेस्डो लघुवित्त र सामलिङ पावरको मूल्य १० प्रतिशतको हारहारीमा बढेको छ भने सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स (संस्थापक), नबिल बैंक, टेलिकम र शिवम् सिमेन्ट कारोबार रकमका आधारमा क्रमशः अगाडि रहेका छन् ।
प्रतिक्रिया