काठमाण्डु – मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । आज ३७.४९ अंकले सुधार आएसँगै नेप्से १९२२.३० अंकमा उक्लिएको छ ।
अघिल्लो दिन ५० अंकमाथिले घटेर १८ सयको रेञ्जमा झरेको थियो यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.१८ अंकले बढ्दै ३७४.३७ अंकमा पुगेको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।
सबैभन्दा बढी विकास बैंक समूहको ३.८९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.२९ प्रतिशतले र म्युचुअल फन्ड ३.०९ प्रतिशतले बढेको छ ।
यस्तै, ट्रेडिङ समूहको उपसूचक २.९९ प्रतिशतले, हाइड्रोपावर समूह २.७७ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.३४ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.१७ प्रतिशतले, जीवन बीमा समूह २.२९ प्रतिशतले र होटल तथा पर्यटन समूह २.२२ प्रतिशतले बढेको छ ।
अन्य उपसूचकहरु २ प्रतिशत भन्दा कमले बढेका छन् । ३७ अंकमाथिले बढेको बजारमा आज कारोबार भने १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ । केहि दिन अघिदेखि नेप्से परिसूचक घटेर राताम्मै भएको थियो ।
केहि दिनदेखि नेप्से परिसूचक लगातार घट्दै गएको थियो । सेयर बजार राताम्मे देखेर लगानीकर्ताहरु आत्तिन थालेका थिए ।
प्रतिक्रिया