काठमाण्डु – आइतबार सेयर बजार मापक परिसूचक नेप्से ७ दशमलव ७ अंकले घटेको छ । बजार खुल्दा बढेर १२ मिनेटमै २०८८ अंकसम्म पुगेको नेप्से परिसूचक अन्तिम समयमा २०६० अंकमा कायम भएको हो । आज कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ १, होटल तथा पर्यटन २९, उत्पादन २२ र निर्जीवन बीमा उपसमूह ८ अंकले बढेको छ भने ब्यापार ४१, अन्य २५, माइक्रोफाइनान्स ७, जीवन बीमा ३७, जलविद्युत् २८, फाइनान्स १६ र विकास बैंक उपसमूह ३५ अंकले घटेको छ ।
कुल ४७ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । दुई कम्पनीहरु मन्दाकिनी र अपर हेवाखोला हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा रिडी, अपी पावर, नेस्डो, टेलिकम र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन्।
प्रतिक्रिया