सेयर बजार : ३८.४५ अंकले घट्यो नेप्से

सेयर बजार : ३८.४५ अंकले घट्यो नेप्से


काठमाण्डु – बुधबार पनि सेयर बजार परिसूचक नेप्सेले ओरालो यात्रा कायमै राखेको छ । आज नेप्से सूचक ३८.४५ अंकले घटेर २७ सय ७६.६१ विन्दुमा ओर्लिएको ‘नेप्से’ले जनाएको छ ।

त्यस्तै ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत घटेर ५१८.३८ विन्दुमा झरेको छ । यसदिन सबै उपसमूहहरु राताम्मे भएका छन । आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ६१ हजार पटक किनबेच भएका छन् । जसबाट ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ५ अंकले घटेको बजारमा ५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै आज वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

सीइडीबी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन भने पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् ।