नेप्से परिसूचक ९.५५ अंकले बढेपछि लगानीकर्ता उत्साही

नेप्से परिसूचक ९.५५ अंकले बढेपछि लगानीकर्ता उत्साही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बजेटपछि सेयर बजार उकालो लागेको छ । सोमबार परिसूचक नेप्से ९.५५ अंकले बढेर नेप्से १२४१.१९ अंकमा पुगेको छ ।

केही समययता निरन्तर ओरोलो लागेको शेयर बजार सोमबार भने सुधार भएको हो । नेप्से बढेसंगै लगानीकर्ताको सम्पत्ति ११ अर्बले बढेर १४ खर्ब ६४ अर्ब रूपैयां पुगेको छ ।

नेप्से परिसुचक ९.५५ अंकले बढेपनि कारोबार भने आइतबारको तुलनामा ४० लाखले घटेको छ । सोमबार १७० कम्पनीको ११ लाख ८७ हजार १५२ कित्ता सेयर ४४ करोड ०३ लाख रुपैयांमा खरिद बिक्री भएका छन् ।