शेयर बजार दोहोरो अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२।५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३।६४ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।९१ बिन्दुले ओरालो लागेर २८५।३८ बिन्दुमा झरेको छ ।

कूल १६० कम्पनीको आठ लाख ४३ हजार ४१० कित्ता शेयर रु ३६ करोड १६ लाख ९६ हजार ७६३ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

उपसूचकमध्ये वित्त क्षेत्रको मात्रै शेयर उकालो लाग्दा अरु समूहका शेयर भने ओरालो लागेका छन् । सो उपसमूहको शेयर ०।०६ बिन्दुले उकालो लागेको हो ।

बैंकिङ ११।५५, होटल ३१।०६, विकास बैंक १३।४३, जलविद्युत् १९।८१, बीमा ६८।३२, उत्पादन ८।६६, अन्य ६।६१ र माइक्रो–फाइनान्स उपसमूहको ७।५४ बिन्दुले ओरोलो लाग्दा बजार घटेको हो ।

श्री इन्भेस्टमेन्टले बोनस शेयर दिने

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले रु १६ करोड ७९ लाख ७८ हजार ५६७ बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट विद्यमान चुक्ता पूँजी रु ६३ करोड २१ लाख ७१ हजार ४३२ को २६।५७ प्रतिशतले हुन आउने रकम बोनस शेयरका रुपमा वितरण गर्न लागिएको सो कम्पनीले स्टकलाई जानकारी गराएको छ । उक्त प्रस्तावलाई वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ ।