पूर्वसेनापति शर्माले २ वर्ष पुरानो मुद्दामा सक्कली नागरिकता बोकेर अदालत जानुपर्ने

पूर्वसेनापति शर्माले २ वर्ष पुरानो मुद्दामा सक्कली नागरिकता बोकेर अदालत जानुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका पूर्वसेनापति प्रभुराम शर्माले २ वर्ष पुरानो नागरिकता विवाद सम्बन्धी मुद्दामा अदालत जानुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाण्डुले सक्कल नागरिकता बोकेर अदालतमा उपस्थित हुन उनको नाममा आदेश दिएको छ ।

अदालतले उनको नागरिकता सक्कली हो वा नक्कली भनेर छुट्याउने प्रयोजनका लागि सक्कली नागरिकतासहित उपस्थित हुन आदेश दिएको छ ।

सामाजिक सञ्जालमा डिल्लीराम खनालले २ वर्षअघि शर्मा र उनका सम्धी देवकुमार सुवेदीको नागरिकता नक्कली भएको दाबी गर्दै लेखेपछि प्रहरी नियन्त्रणमा परेका थिए ।

उतिबेला सेनापति रहेका शर्माले पदीय पावर लगाउँदै खनाललाई थुनाएका थिए । तर अहिले सोही मुद्दाको सुनुवाइका क्रममा अवकाशपछि शर्माले सक्कली नागरिकता बोकेर अदालत जानुपर्ने भएको छ । अदालतले खनाललाई रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपनि उनी छुटेका थिए ।

सेनाको नेतृत्वमा रहेका बेला शर्मा खरिद सम्बन्धी विभिन्न मुद्दामा विवादित बनेका थिए ।