काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउछन् : महामन्त्री काेइराला

काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउछन् : महामन्त्री काेइराला


चितवन- नेपाली कांग्रेसका महामन्त्री शशांक काेइरालाले नेपली काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने दावी गरेका छन् ।नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले काँग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताएका हुन् ।

उनले नेपलाी काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन् । क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताएका हुन् ।  “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उनले भने, “अब के यसरी पार्टी चल्न सक्छ ?” क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उनको भनाइ थियो ।

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उनले भने, “अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ ।” पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उनले बताए ।