काठमाण्डु-शीतलहरका कारण बाटो चिप्लो भएपछि नवलपरासीको दाउन्नेमा सवारी बिहीवार पनि साधन अवरुद्ध भएको छ ।
शीतलहरले हिलाम्मे भएको सडकमा सवारी साधनहरू फस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर)का प्रहरी नायव उपरीक्षक डीएसपी जेसी शाहले जानकारी दिए । उनका अनुसार बाटो अवरुद्ध भएपनि साना सवारी साधन फाट्ट फुट्ट चलेका छन् ।
पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्नेमा गत बर्खामा सडक भासिएपछि यात्रुले लामो सयमदेखि सास्ती खेप्दै आएका छन् । त्यसमाथि खराब मौसमको कारण पछिल्लो समय त्यहाँ थप समस्या देखिएको छ ।
नवलपरासी पश्चिम प्रहरीले बर्दघाट नगरपालिका-४ खुर्सानीखोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु तथा शीतलहरको कारण बाटो चिप्लो भएको जनाएको छ ।
बुधवार राति नारायणढबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९८२ नम्बरको ट्रक हिलोमा चिप्लिएर अनियन्त्रित हुँदा तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो ।
शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको प्रहरीले जनाएको छ । शीतलहरले सडक हिलाम्मे हुँदा मंगलबार रातिदेखि दुवैतर्फ सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया