म सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्नू : नेता कोइराला

म सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्नू : नेता कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनोस्,’ कोइरालाले भने ।

कोइरालाले जतिसुकै कोसिस गरे पनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भने जति काम गर्न नसकेको समेत बताए ।

विराटनगरस्थित कोइराला निवासमा मधेश प्रदेशका नेताहरूसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

कोइरालाले २०८२ मंसिरभित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताए । समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासायी बन्ने भन्दै समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिए ।