धनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
पार्टीको १४औं महाधिवेशनमा उनी सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । धनगढी पुगेका नेता कोइराला शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘सभापतिमा उम्मेदवारी दिने तयारीका साथ अहिलेदेखि नै लागिपरेको छु ।’
उनले महामन्त्री गगनकुमार थापासँग राम्रो सम्बन्ध रहेको बताए । महामन्त्री थापासँग कोइरालाको सम्बन्ध बिग्रिएको चर्चाबीच उनले सम्बन्ध नबिग्रिएको स्पष्ट पारेका छन् ।
डा. कोइरालाले अहिलेको सरकारलाई असफल हुन छुट नभएको बताए । ‘सरकारले जनताको चाहनाबमोजिम काम गर्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया