हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्छ : डा. कोइराला

हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्छ : डा. कोइराला


काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने टिप्पणी गरेका छन् ।

बिहीबार विराटनगरमा आयोजित संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उनले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताए ।

२०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्ने अवस्था रहेको बताउँदै उनले २ दलले मात्रै संशोधन गर्न नहुने बताए । उनले संविधान संशोधन गर्दा सबै राजनैतिक दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको बताए ।

कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दाताका जनताहरूबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संशोधन गर्नुपर्ने सुझाव दिए ।