अब पार्टीभित्र अन्याय हुन दिन्नँ : डा. कोइराला

अब पार्टीभित्र अन्याय हुन दिन्नँ : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

पार्टीको राप्ति सोनारी गाउँपालिका सम्मेलनलाई आईतबार उद्घाटन गर्दै डा. कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताए ।

नेता डा. कोइरालाले थपे, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नविकरण गराउनुस् ।’

उनले सबै तहका कांग्रेस कार्यकर्ताहरू पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए । व्यक्ति बलियो होइन, संस्था बलियो बनाउनुपर्ने धारणा राख्दै देश दौडाहामा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए ।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगञ्ज आइपुगेका थिए ।