काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमाले सरकारले सुशासन पटक्कै दिन नसकेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाण्डुको बत्तिसपुतलीमा भएको ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक अन्तक्र्रियामा बोल्दै कोइरालाले भने, ‘गिरिजाबाबु बितेको १५ वर्ष भइसक्यो, हामीहरूले पाठ नै सिकेनौं । नेताहरूले केही सिक्दै सिकेनौं जस्तो भयो, केही न केही त हामीले गर्नुपथ्र्यो नि ! आजको दिन पनि हामी सरकारमै छौं, कांग्रेस सरकारमा छ । कांग्रेस र एमाले सरकारमा छौं, सुशासनका लागि काम गर्नुपर्यो ।’
उनले सुशासन पटक्कै नभएको पनि बताए । ‘भन्न त हुँदैन, सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरूलाई मन लाग्यो १, २, ३ सिफारिस आउँछ, मन्त्रिपरिषद्मा जान्छ । उहाँहरूलाई मनलाग्यो ३ नम्बर, चित्त बुझे १ नम्बरको हालिदिनुहुन्छ,’ सरकारले गरेका नियुक्तिलाई लक्ष्य गर्दै उनले भने, ‘सुशासन पटक्कै छैन, यो कुरा हामीहरूले भन्ने कि नभन्ने ? मैले त सार्वजनिक रूपमा भनिरहेको छु ।’
उनले अगाडि थपे, ‘यहाँ रहेका कोही पनि मन्त्री छैनौं, मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् । सरकारमा नभएका हामीहरूको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने हो ।’
प्रतिक्रिया