काठमाण्डु – नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले शिक्षकहरूमाथि सरकारले गरेको बर्बरता कांग्रेसले सहन नसक्ने बताएका छन् ।
सोमबार काठमाण्डुमा आयोजित ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै उनले यस्ता कार्यहरू कांग्रेसले सहन नसक्ने बताए ।
आईतबार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको उनले बताए । एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै उनले सरकार बाहिर रहेकाहरूले गलत र कमी, कमजोरीहरूलाई औंला उठाएर भन्ने आँट गर्नुपर्ने बताए ।
कार्यकर्ताहरूलाई आफूले साहस दिने भन्दै उनले सरकारले गरेका गलत र कमी–कमजोरीहरूलाई औंला उठाएर भन्ने आँट गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया