सरकार असफल भए देश नै असफल हुन्छ : डा. कोइराला

सरकार असफल भए देश नै असफल हुन्छ : डा. कोइराला


काठमाण्डु – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले वर्तमान सरकार असफल भए देश नै असफल हुने बताएका छन् ।

आईतबार जनकपुरमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले संविधान संशोधनको विषयमा कांग्रेस र एमाले बल्ला चलायमान भएका बताए ।

संविधान संशोधन गर्दा २ दल मात्रै मिलेर नहुने बताउँदै उनले अरू दलको पनि साथ खोज्नुपर्ने बताए ।

‘अहिले एमालेको नेतृत्वमा सरकार छ, अब डेढ वर्ष बाँकी छ, डेढ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार आउँछ । चुनावमा हामी होमिन्छौं । यो हप्तादेखि नेपाली कांग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरूसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरू गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरू, रास्वपा अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ,’ उनले भने, ‘नेपाली कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौं भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौं ।’