बिचौलियाबाट राष्ट्र बैंक पनि बचेन : शेखर कोइराला

बिचौलियाबाट राष्ट्र बैंक पनि बचेन : शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र बैंकसमेत बिचौलियाले चलाउन थालेको बताएका छन् ।

मंगलबार चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले देशको अर्थतन्त्र सम्हाल्ने राष्ट्र बैंकमा समेत बिचौलिया पसेको बताएका हुन् ।

देश र विश्वकै अर्थतन्त्र ओरालो लागेका बेलामा सक्षम र निष्कलंक व्यक्तिलाई गभर्नर बनाउनु पर्नेमा बाटो बिराउन थालेको उनले बताए ।

उनले भने ‘एक महिना पहिल्यै हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै भाछैन । छनोट समिति बने पनि बैठक नै बसेको छैन । बिचौलियाको चलखेलबाट राष्ट्र बैंक पनि बचेन ।’