काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नरहेको उल्लेख गरेका छन् ।
पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजतन्त्र नफर्किने दाबी गर्दै ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको बताएका हुन् ।
उनले ज्ञानेन्द्रलाई राप्रपाको पार्टी सभापति बन्न समेत सुझाव दिए । उनले भने ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’
प्रतिक्रिया