कांग्रेस सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्दै

कांग्रेस सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्दै


काठमाण्डु- नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको बिहीवार सामूहिक छलफल गर्दैछ ।

पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गर्न लागेका हुन् ।

कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए । सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसले १२ जनालाई पठाएको छ ।
सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो । महिनामा एक वा दुई पटक

यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ । पार्टी पदाधिकारी, संसदीय दल कार्यसमिति र मन्त्रीहरूबीच छलफल गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन खोजिएको कांग्रेसको भनाइ छ ।

मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा कांग्रेसले छलफल गर्नेछ ।