नेपाली कांग्रेसकाे संसदीय दलको नेतामा देउवाले उम्मेदवारी दिने

नेपाली कांग्रेसकाे संसदीय दलको नेतामा देउवाले उम्मेदवारी दिने


काठमाडाैँ – नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसकाे संसदीय दलको नेतामा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखास्थित अाफ्नाे निवासमा सांसद र पार्टी नेताहरूका लागि आयोजना गरेको ‘लञ्च मिटिङ’मा पुगेका देउवाले  आफू उम्मेदवार हुने बताएका हुन् ।

तपार्इं संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गर्ने कि नगर्ने भन्ने प्रश्नमा देउवाले भने, “ल घोषणा भयो भयो ।” कार्यक्रममा पौडेल समूहबाट संसदीय दलको नेतामा दावी गरिरहेका नेता प्रकाशमान सिंह पनि सहभागी थिए ।  संसदीय दलको नेता पार्टी सभापति देउवा र सिंहबीच प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।

निर्वाचनका लागि फागुन १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र फागुन २१ गर्ने निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ ।  देउवाले विजयी हासिल गर्ने सुनिश्चितजस्तै भएपछि उनलाई रोक्न प्रयाश भइरहेको भन्दै उनीपक्षीय नेताहरूले भने आलोचना गर्दै आएका छन् ।