सभापति देउवाद्वारा पेशागत तथा बुद्धिजीवी विभागमा १० जना मनोनित

सभापति देउवाद्वारा पेशागत तथा बुद्धिजीवी विभागमा १० जना मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनित गरेका छन् ।

पार्टी विधान (संशोधन सहित) को धारा २५ (९) बमोजिम डिला संग्रौला प्रमुख रहेको विभागको सदस्यमा उनले १० जनालाई मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले डा. लोकनाथ दुलाल (ललितपुर), डा. विष्णु बस्याल (पाल्पा), डा. तबस्सुम सिद्दिकी (बाँके), देवराज अवस्थी (कैलाली), मनबहादुर थापा (चितवन), ई. दिलिपकुमार झा (सप्तरी), ई. मनोज घिमिरे (मोरङ), गणेश शाही (दैलेख), डम्बरबहादुर विक (पर्वत) र विजय सम्बाहाम्फे (तेह्रथुम) लाई मनोनित गरेका छन् ।