काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा विना कुनै पनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताएका छन् ।
आईतबार काठमाण्डुमा पार्टीनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए ।
खेलकुदमा युवाहरू बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने उनले बताए । खेलकुद स्वस्थ शरीरका लागि महत्त्वपूर्ण रहेको उनले बताए ।
ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्म शमशेर राणाहरू मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया