सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार शोक विज्ञप्ति जारी गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरे ।

सौर्य एयरलाइन्सको ‘नाइन एन एएमई सिआरजे सेभेन’को विमान विमानस्थल परिसरभित्र दुर्घटना हुँदा सौर्य एयरलाइन्सका कर्मचारी र प्राविधिक सवार १८ जनाको मृत्यु र पाइलट गम्भीर घाइते भएका छन् ।

सभापति देउवाले दुर्घटनामा दिवंगत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।