मंगलादेवी सिंह आफैँमा एउटा संस्था हो : देउवा

मंगलादेवी सिंह आफैँमा एउटा संस्था हो : देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताएका छन् । काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सभापति देउवाले भने, ‘मंगलादेवी सिंह आफैँमा एउटा संस्था हो ।’

सभापति देउवाले मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उल्लेख गरे ।

मंगलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौंवासीको साथ र सहयोग चाहिने बताउँदै देउवाले भने, ‘आज मंगलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो ।’

देउवाले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवन निर्माण भइसकेको खण्डमा र त्यहाँबाट महिलाका हक, अधिकारका आवाज उठ्न थालेपछि मात्रै मंगलादेवीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।