पार्टीको बैठकअघि कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

पार्टीको बैठकअघि कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई


काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक हुनुअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा कांग्रेस विभाजित भएपछि त्यसबारे निर्णय लिन बैठक बस्नुअघि सभापति देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि नेपाली कांग्रेसका सांसद केदार कार्कीले एमालेसहित बहुमत पुर्‍याएर दाबी पेश गरेका छन् । सांसद कार्की कांग्रेसभित्र नेता डा. शेखर कोइराला पक्षधर मानिन्छन् ।