काठमाण्डु– गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ ।
संघका अध्यक्ष बद्री केसीपक्षधरका एनआरएनए उपाध्यक्ष रोजिना राईसहित ३ जना सर्वोच्च पुगेका हुन्।
यसअघि संघका अध्यक्ष केसीसहित सबै पदाधिकारीविरुद्ध मुद्दा दायर भएको थियो ।
घलेविरुद्धको मुद्दामा मंगलबार पहिलो सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा सुरु भएको छ।
घलेले सर्वोच्च अदालतको गत साउनमा जारी आदेशको अवज्ञा गरी कार्यान्वयनमा पनि अवरोध सिर्जना गरेको निवेदनमा उल्लेख गरिएको छ।
प्रतिक्रिया