उपसभामुख तुम्वाहाङ्फेले आजै राजीनामा दिने, महन्थ ठाकुरले बैठक सञ्चालन गर्ने

उपसभामुख तुम्वाहाङ्फेले आजै राजीनामा दिने, महन्थ ठाकुरले बैठक सञ्चालन गर्ने


काठमाडौं – उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले आजै राजीनामा बुझाउने तयारी गरेकी छन् । उनले संसद सचिवालयमा राजीनामा बुझाउनेछन् ।

आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

उपसभामुख तुम्वाहाङ्फेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार उपसभामुखले केहीबेरमा राजीनामा दिने तयारी छ ।

त्यस्तै सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार हिजो आइतबार नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने गरेको निर्णयअनुसार उपभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको हो ।